Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ट्रेक्टरले जोत्ने क्रममा गाडिएको अवस्थामा वालिकाको शव फेला, पुर्पक्षका लागी चालक कारागार चलान

    १२ मंसिर, बाँके । बालिकालाई कर्तव्य गरी मार्ने व्यक्ती पर्पक्षका लागी एक जनालाई प्रहरीले कारागार चलान गरेको छ ।

    गत कार्तिक १४ गते करिब साँझ ४ बजेको समयमा बाँकेको डुडुवा गाँउपालिका वडा नं. १ टेपरी स्थित भारतको जिल्ला बहराईच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागंज बस्ने ३० वर्षिय महेश चौहानले राम कुमार वाहुनको खेत ट्रेक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा अन्दाजी १२ वर्षिय वालिकाको शव फेला परेको थियो ।

    Advertisement

    जिल्ला प्रहरीले तत्काल घटनास्थलमा पुगेर वृत अनुसन्धान गर्ने क्रममा मृत अवस्थामा फेला परेकी बालिका श्यामलाल चमारको छोरी १४ वर्षिय रिता हरिजन भन्ने सिलावती चमार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    उनका अनुसार तत्काल ट्रेक्टर चालक महेश चौहानलाई शंका लागेर नियन्त्रणमा लिइएको थियो । प्रहरीको थप अनुसन्धानको क्रममा मृतक बालिकालाई चौहानले नै कर्तव्य गरी मारेको खुल्न आएको बुझिएको छ ।

    Advertisement

    सूचना अधिकारी डाँगीले भने, ‘सोही अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पेश गरेका छौँ ।’

    सोमबार सम्मानित बाँके जिल्ला अदालतको आदेशले चौहानलाई पुर्पक्षमा कारागार कार्यालय बाँकेमा पठाएको प्रहरीले जनाएको छ । हाल उनी गुलरिया गाँउ स्थित ससुराली घरमा वस्दै आएका थिए ।

    Advertisement

    प्रहरी अनुसार मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने कानुनी सजाय रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »