३० कार्तिक, बाँके । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडी घर भएका २९ वर्षिय मिन बहादुर विक माथि धारिलो हतियार प्रहार भएको हो ।
गएराति घर नजिकै बिक माथि पछाडीबाट धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । उनीलाई घाइते अवस्थामा आफन्तले भेटाएको बुझिएको छ । जसलगत्तै कोहलपुर स्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
Advertisement
अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा विकको टाउको, हात र खुट्टामा काटिएको प्रहरीले जनाएको छ ।
हाल विकको नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचार भइरहेको छ । कोहलपुरबाट उनको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।













टिप्पणीहरू