३० कार्तिक, बाँके । छिमेकी राष्ट्र भारतको जम्मु-कश्मिरमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
डोडा भन्ने स्थानमा घुम्ती ट्रयाकमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
Advertisement
दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई जनाएको हो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटना प्रति दुःख व्यक्त गरी प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।














टिप्पणीहरू