संजय कुशवाहा
२४ असोज, नवलपरासी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको पिकअप गाडी सहित ठूलो मात्रामा प्रतिबन्धित पटाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमान्डमा खटिएका टोलीले सोमबार राति चेकजाँचको क्रममा बा ०३ प्रदेश ००१ च ११३८ नम्बरको पिकअप गाडी सहित ठूलो मात्रामा विभिन्न किसिमका पटाका नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो ।
Advertisement
नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाकाको मुल्य साढे नौ लाख रुपैयाँ रहेको छ भने नम्बर नखुलेको पिकअप गाडीको मुल्य १४ लाख रहेको छ । पिकअप गाडी चालक पाल्हिनन्दन गाउँपालिका वर्ष २० को सुनिल गुप्ता रहेका हुन ।
उक्त नियन्त्रणमा लिएको पिकअप गाडी महेशपुर भन्सार कार्यालय पठाइएको छ भने बारुदजन्य पटाका स्थानीय पत्रकार, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको छ ।
टिप्पणीहरू