Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तनावग्रस्त बनेको जयन्दु बाल सुधार गृहको अवस्था नियन्त्रणमा

    अजय पाठक

    ५ असोज, बाँके । बाँकेको डुडुवा स्थित जयन्दु बाल सुधार गृहमा भएको दुई पक्षिय समुह बीच झडपका कारण तनावग्रस्त माहोल शान्त बनेको छ ।

    Advertisement

    गए राति डुडुवा गाँउपालिका-६ आसमानपुर नजिकै रहेको बालगृहका बालबन्दीहरु बीच भएको झडपका कारण अवस्था तनावग्रस्त बनेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाली सेना लगायतका सुरक्षा निकायको अथक प्रयास पछि माहोल नियन्त्रणमा आएको छ । दिउँसो ३ बजेको समयमा प्रहरी र बालबन्दी संगको वार्तापछि अवस्था शान्त गर्नसफल भएको बाँके प्रहरीले जनाएको छ ।

    लागूऔषध सेवन गर्ने र नगर्ने बालबन्दी बीच झडप भएको बताइएको छ । जसमा १० जना घाइते भएका छन भने १८ बर्षिय सुलभ केसीको मृत्यु भएको छ । मृतक केसी बलात्कार मुद्दामा सजाय पाएका थिए ।

    Advertisement

    झडपकै क्रममा २५ जना बालबन्दी फरार भएका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिईसकेको जनाएको छ ।

    घाइते १० जनाको नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ भने अन्य ३३ जनालाई प्रहरी अस्पताल लगिएको बुझिएको छ ।

    Advertisement

    माहोल शान्त हुन साथ बालबन्दीहरुलाई भवन बाहिर झिकाएर प्रहरीले गणना गरेको थियो ।

    यता बालबन्दीका अभिभावकले बालगृहमा यति ठूलो मात्रामा लागुऔषध कसरी पुग्ने गरेको घटनास्थलमै मिडिया मार्फत प्रश्न गरेका छन । अभिभावक अनुसार वार्ता पश्चात प्रहरीले बालबन्दीहरुलाई अस्पताल लग्ने क्रममा उनीहरु लागुऔषधमा लतपतिएका अवस्थामा देखेका जनाउदै त्यसको विरोध समेत गरेका छन ।

    Advertisement

    अभिभावकका अनुसार उक्त बालगृहमा हातहतियार, लागुऔषध जस्ता वस्तुहरु रहेकै कारण यस्तो माहोल बनेको र यो बाल विगार गृह रहेको बताए ।

    अभिभावकको टोलीले भन्यो, ‘यहाँ केही सुरक्षा छैन । यहाँ हातहतियार, लागुऔषध कति छ कति ! यो बाल सुधार गृह होइन की यो बाल विगार गृह हो । सुरक्षाकर्मी अझै बढाउनुपर्छ । ५-६ जना राखेर हुदैन । लागुऔषधमा सुरक्षाकर्मी कै कम्जोरी हो ।’

    एक अभिभावकले भने, ‘अघि मात्र प्रहरीले यो घटना लागुऔषधकै कारण भएको मिडियामा भनेका छन । सुरक्षाकर्मी हुदाँ हुदैँ भित्र लागुऔषध कसरी गयो ?’

    बाल सुधार गृहमा २ सय ५४ जना बालबन्दी थिए । दुई पक्षको झडप, आगजनी, तोडफोडले गर्दा राती देखि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
    एक तर्फका बालबन्दीहरले भवनको च्यानल गेटमा आफैले ताला लगाएर भित्र बसेका थिए । उनीहरु पानी समेत खान पाएका थिएनन् भने अर्को भवनको बालबन्दी शान्त रहेका थिए ।

    झडप पछि तोडफोडमा उत्रिएका बालबन्दीले प्रहरीको पेस्तोल समेत नियन्त्रणमा लिएका थिए । बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)ले बोक्ने पेस्तोल बालबन्दीले लगेका थिए ।

    यति मात्रै होइन उनीहरुले कागजपत्र जलाएका, मोटरसाइकल, भवन भित्र रहेको झ्याल, सिसा, लगायतका समान तोडभोड गरेका थिए ।

    यो पनि पढ्नुहोस :

    बाँकेको डुडुवा स्थित बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »