Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पानी परेपछि धमिलो देखिएको जेब्रा क्रसिङ्ग आफै सफा हुन्छ : निर्माण व्यवसायी

    १९ जेठ, बाँके । नेपालगञ्ज कोहलपुर सडक खण्डमा राखिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईनको विषयमा सडक डिभिजन र निर्माण व्यवसायीले स्पष्ट पारेका छन ।

    नेपालगञ्जको सुर्खेत रोडमा पेन्ट गरिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईन हप्तादिन नबित्दै धमिलो भएको समाजिक सञ्जाल मार्फत स्थानियले व्यापक आलोचना गर्दै खनिएका थिए ।

    Advertisement

    यस सडक खण्डमा गरिएको ओभरलेका कारण जेब्रा क्रसिङ्ग र मार्किङ्ग लाईन मेटिएको थियो । ओभरले पश्चात यति बेला नयाँ जेब्रा क्रसिङ्ग र मार्किङ्ग लाईन पेन्ट निरन्तर भइरहेको सडक डिभिजन कार्यालय प्रमुख ई. निरज शाक्यले जानकारी दिए ।

    Advertisement

    भ्याट सहित ६३ लाख रकममा ठेक्का पाएको एस एस कन्सट्रक्सनले ९ हजार वर्ग मिटर लम्बाईमा मार्किङ्ग लाईन विस्तार गरिरहेको नेपालगञ्ज स्थित सडक डिभिजनले जनाएको छ ।

    Advertisement

    नाईल खबर, हाम्रो मिडिया नेपाल, लिमरा खबर लगायतका सञ्चारकर्मीहरु संगको अन्तरवार्तामा सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई. शाक्यले वास्तबिक स्थानियको बुझाई अनुसार नरहेको स्पष्ट पारे ।

    उनले भने, ‘हामीले अहिले गरिरहेको काम जमुनाह देखि कोहलपुर सम्मा जुन ओभरले गयौैं, पुरानो ट्राफिक लाईन मेटिएकोले पुनः हामीले पेन्ट गर्दैछौं । र अहिल पेन्ट निरन्तर चलिरहेको अवस्था छ । यो रनिङ्ग ठेक्का हो ।’

    Advertisement

    ट्राफिक लाईन धमिलो भएको बिषयमा उनले स्पष्ट पारे, ‘झट्ट हेर्दा यो तापक्रम बढी भएको र जुन हामीले कालोपत्रे पिच गरेका छौं टायरहरुको कालो धुवा, धुलोले गर्दा फोहर भएर धमिलो भएको अवस्था हो ।’

    तर वास्तबिकमा हेर्दा मार्किङ्ग लाईनको लेयरमा कुनै पनि कमि नरहेको ई. शाक्यले दावी गरे । एक पटक राम्रो पानी परे पश्चात सफा देखिने र यदी त्यसमा खराबी भयो भने निर्माण व्यवसायीले १३ महिना भित्र निःशुल्क रुपमा रिपिट गर्ने सम्झौता भएको उनले जानकारी गराए ।

    उनले भने, ‘त्यसैले यसमा सारै आत्तीहाल्नु पर्ने छैन ।’

    नेपालगञ्ज तापक्रको हिसाबले देशकै बढी गर्मी हुने स्थान हो । राजमार्गमा जोड्ने नेपालगञ्ज कोहलपुर सडक खण्ड प्रमुख सडक भएकोले अति व्यस्त हुन्छ ।

    टायरको कालो धुवा, धुलोका कारण जेब्रा क्रसिङ्ग र मार्किङ्ग लाईन केही स्थानमा धमिलो देखिए पनि पानी परेपछि सफा भएर आफ्नै रङ्गमा आउने निर्माण कम्पनी एस एस कन्सट्रक्सनका लक्ष्मण पाण्डेले बताए ।

    निर्माण व्यवसायी पाण्डेले भने, ‘वास्तबिकमा बाहिरी हेर्ने मान्छेले यसलाई खुइलिएकै भन्छन, तर यो खुईलिएको होइन । खुईलिएको भए सबै ठाँउमा कालो देखिनु पर्दथ्यो तर देखिए छैन । भर्खरै अल्कत्र गरिएकोले त्यो मार्किङ्ग लाईनमा टासिन्छ र कालो देखिन्छ ।’

    उनले थप भने, ‘एक पटक राम्रो पानी परेपछि आफै सफा हुन्छ । यो उप्किने, टुट्ने फूट्ने भन्ने हुदैँन र यदि त्यस्तो भएपनि हामी एक वर्ष सम्म डिएलपी समय हुन्छ, हामी आएर पुनः रिपिट गछौं । हामी आफै उत्पादक भएको कारण नराम्रो काम गर्ने पक्षमा जादैनौ ।’

    स्थानियले उनको कुरामा विस्वास नगरेपछि निर्माण व्यवसायी पाण्डेले धम्बोझी चोकको जेब्रा क्रसिङ्गमा पानी हालेर घोटेका थिए । उनले सफा गरेर देखाएपछि आक्रोसित स्थानियको मुहारमा खुसी छाएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »