३० फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन ।
नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवार देखि काठमाण्डौँमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन ।
Advertisement
राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए अहिलेसम्म देशले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराएका थिए । उनले सांसद, मन्त्री भइसकेकाहरूले देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने जिकिर समेत गरे ।
उनले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथ ग्रहण गर्दै गर्दा देशले पाँचौँ राष्ट्रपतिले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो । राजनीतिमा रूपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटि राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको शपथ ग्रहण गरोस् । तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूणर् योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौँ पटक उसले आर्थिक रूपान्तरणको काममा हात हालोस् ।’
Advertisement
उनले देशलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको सुझाए ।
टिप्पणीहरू