४ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्जबाट नक्कली नेपाली नोट सहित तीन जना पक्राउ परेका छन ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ न्यूरोड स्थित फाल्गुन २ गते मंगलबार साँझ साढे ५ बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।
Advertisement
तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अछामको तुर्माखाद गाँउपालिका वडा नं.३ का ३७ वर्षिय दिपक वि.सी., सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ५ का ३० वर्षिय मोहन राना र बाँककोे कोहलपुर नगरपालिका वडा नं.११ का ३२ वर्षिय मोहन कुमाईलाई खोजतलास क्रममा नक्कली नोट सहित पक्राउ गरेको हो ।
नेपाली एक हजारको दरको नक्कली नोट ५ लाख ६९ हजार सहित उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको हो ।
टिप्पणीहरू