१२ चैत्र, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।
बिहीबार दिउँसो २ बजेका लागि शपथ समारोह सिंहदरबारमा हुनेछ । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबार स्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुँदैछ ।
Advertisement
शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
Advertisement
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



















टिप्पणीहरू