Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेनः अर्थमन्त्री खनाल

    ११ चैत्र, काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका छन् ।

    अबको प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएको भनेर सार्वजनिक भएका प्रसङ्गमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    Advertisement

    अर्थमन्त्री खनालले आफूहरूले साइत नहेराइकनै शपथ लिएर पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन गरेको उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन । हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’

    Advertisement

    खनाल जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वका सरकारका अर्थमन्त्री हुन् । उनको उक्त पोस्टमा विभिन्नखाले प्रतिक्रिया आइरहेका छन् । कतिपयले आलोचना समेत गरिरहेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »