४ चैत्र, काठमाडौँ । सरकारले मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जाने नेपाली श्रमिकको रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने श्रमिकहरूका लागि साउदी अरेबिया, यूएई र कतारलगायत सातवटा देशको पुनः श्रम स्वीकृति (रि–इन्ट्री) खुला गर्ने मंगलबार निर्णय गरेको हो ।
Advertisement
मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले विज्ञप्ति मार्फत अब साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत रहेका र विदामा घर आएर पुनः सोही देशमा फर्किन चाहने श्रमिकले पुनः श्रम स्वीकृति पाउने बताएका छन् ।
तर, सुरक्षा संवेदनशीलतालाई नै मध्यनजर गर्दै इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानको हकमा भने श्रम स्वीकृति अझै खुला गरिएको छैन । यी ६ वटा देशका लागि यसअघिको स्थगनको निर्णय नै यथावत् राखिएको छ ।


















टिप्पणीहरू