Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक

    ३ चैत्र, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित एक सय १० सांसदको सूची सार्वजनिक गरेको छ ।

    सोमबार सार्वजनिक गरिएको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

    Advertisement

    यस्तै, नेपाली कांग्रेसबाट २०, नेपाल एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाबाट चार/चार जना सांसद निर्वाचित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको हो ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »