१० फाल्गुन, रौतहट । रौतहटको गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी छ ।
आज बिहान ६ः३० देखि ८ः३० बजेसम्म कर्फ्यू केही खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।
Advertisement
शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म निरन्तर रहनेछ ।
कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालवकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ ।
Advertisement
पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ ।
गौर नगरपालिका वडा नं. ६ मा रहेको सनगढा गाउँमा दुई समुदाय बीच भएको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यू आदेश जारी भएको हो ।



















टिप्पणीहरू