Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रथम नेपालगञ्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिताको तयारी पूरा

    ८ फाल्गुन, बाँके । नेपालगञ्जमा आजबाट हुन लागेको प्रथम नेपालगञ्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ ।

    यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको आयोजक आदर्श तेक्वान्दो दोजाङ्गले जनाएको हो ।

    Advertisement

    विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगन्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगितामा सहभागि हुने दोजाङ्गको नामावली आइसकेको, प्रमुख अथितिको टुंगो लागिसकेको छ ।

    Advertisement

    प्रतियोगितालाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले उद्घाटन गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवं प्रशिक्षकसमेत रहनुभएका श्रेष्ठले बताए ।

    लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा विगत २०४५ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षण भईरहेको छ । यसरी विभिन्न समयमा तेक्वान्दो खेलाडीहरुले बाँके जिल्ला र नेपालगञ्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत राख्न सफल भएको श्रेष्ठले बताए ।

    Advertisement

    प्रत्येक युवा तथा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहे मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन सक्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तर गर्न सकिए राम्रो हुने श्रेष्ठले बताए ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने गरिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘यसको मुलमन्त्र पनि सबै संस्थाले पालना गर्नुपर्छ ।’ आदर्शको लक्ष्य पनि अब यस्तो प्रतियोगितालाई नियमित गर्नु रहेको श्रेष्ठले बताए ।

    Advertisement

    नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा हुने प्रतियोगिता संचालनका लागि आयोजकले निजी क्षेत्रसंग सहकार्य गरेको छ । प्रतियोगितामा २० वटा दोजाङ्गबाट करिब तीन सय जना खेलाडी सहभागी हुने भएका छन् ।

    प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुनेलाई मेडल प्रमाणपत्र र नगद प्रदान गरिने जनाइएको छ । दुबै दिन बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा उपस्थितिका लागि सबै खेलप्रेमीलाई आयोजकले आग्रह गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »