७ माघ, काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
Advertisement
उजुरीपछि यही माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।




















टिप्पणीहरू