१ माघ, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेन–जी समूह बीच चार बुँदे सहमति भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रम बीच चन्द र जेन–जी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
Advertisement
राजनीतिक निकासका लागि सहकार्य गर्ने प्रतिबद्धता सहित दुवै पक्षले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका छन्
सर्वपक्षीय र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने र जेन–जी बिद्रोहका मागहरु पुरा गर्न संघर्ष गर्ने सहमति भएको हो ।
Advertisement
यस्तै, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधनको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी संरचनाका लागि संघर्ष गर्ने दुवै पक्ष बीच सहमति भएको हो ।





















टिप्पणीहरू