२९ पुष, काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
आयोगले पुष २८ गते बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो ।
Advertisement
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।




















टिप्पणीहरू