Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद आज सकिँदै

    १४ पुष, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद आज सकिँदैछ ।

    निर्वाचन आयोगले जारी गरेको पुर्वकार्यतालिका अनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बुझाइएका बन्दसूची पुस १५ देखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ।

    Advertisement

    त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए ।

    सच्याइएका बन्दसूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ। आयोगले माघ ४ गते बन्दसूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन हुने आयोगको तयारी छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    5

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »