Close sidebar
  • ताजा
  • लोकप्रिय
  • क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न, व्यावसायिक क्षमता र क्रियाशिलता बढ्ने अपेक्षा

    २० मंसिर, बाँके । क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर—४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रम बीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गरेकी छन् ।

    क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन ।

    Advertisement

    उनले पत्रकार महिलाहरुलाई एक ठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गरिन् । आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता समेत औल्याइन ।

    कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताए । उनले पत्रकार महिलाहरुको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

    Advertisement

    कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा कार्यक्रममा विशिष्ठ अतिथि डक्त धितालले पत्रकार महिलाहरुलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे पत्रकार महिलाहरुको संख्यात्मक बृद्धिसंगै गुणात्मक क्षमता बिकासका लागि क्रियाशिल पत्रकार महिला बाँकेको जिम्मेवारी थपिएको बताए ।

    कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार महासंघका सचिव बिजय मल्ल लगायतले क्रियाशिल पत्रकार महिला बाँकेले पत्रकार महिलाहरुको व्यावसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लागिपर्न सुझाव दिएका थिए ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले अध्यक्ष पदमा निर्वाचित भएको एकबर्ष नपुग्दै कार्यालय उदघाट्न कार्य सम्पन्न भएकोमा समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा थप योजनाका साथ रोचक कार्यक्रमहरुलाई निरन्तरता दिने उदघोष गरे ।

    उनले कार्यालय स्थापना संगै क्रियाशिल पत्रकार महिला बाँकेले गर्दे आएको सण्डे कल्ब, नियमित औपचारिक कार्यक्रम र बिशेष कार्यक्रम गर्न सहज हुने धारणा राखेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »