Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जबाट अबैध मटर दाल बरामद, भन्सार पठाइयो

    १९ मंसिर, बाँके । बाँके प्रहरीले भन्सार छलि ल्याइएका मटरको दाल (केराउ) नियन्त्रणमा लिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ गुलरिया रोड नजिकै सञ्चालन रहेको मुस्कान ट्रेडर्समा अवैध रुपमा भन्सार छलि ल्याइएको केराउ दाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी रमेश विष्टले जानकारी गराए ।

    Advertisement

    उनका अनुसार बिहीबार उक्त ट्रेडर्सबाट ११३० बोरा (३३,९०० किलोग्राम) दाल बरामद गरिएको हो । उक्त दाल करिब बिस लाख चौतिस हजार रुपैँया बराबर रहेको छ ।

    अवैध केराउ दाल बरामद गरी थप कार्वाहीका लागि नेपालगञ्ज स्थित भन्सार कार्यालय पठाइएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »