Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने

    १७ मंसिर, बाँके । शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालनका लागी प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न भएको छ । नेपालगञ्जमा दुई दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षण (TOT) मा १० जना प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।

    द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य फोहोर विद्यालय कार्यक्रमका सातवटै मोड्युल प्रभावकारी ढंगले कसरी सिकाउने भन्ने विषयमा आवश्यक सीप र ज्ञान प्राप्त गरेका छन् ।

    Advertisement

    प्रशिक्षण्मा प्रशिक्षक करुणा थापा र प्रिती प्रधानाङ्गले फोहोर र फोहोर व्यवस्थापन, फोहोर वग्रिकरण, फोहोर न्येनिकरण, फोहोरको पुनप्रयोग, फोहोरको पुननिर्माण, फोहोरको संरचना, फोहोर र जलवायु परिवर्तन, विधुतिय फोहोर व्यवस्थापन, कम्पोस्ट मल उत्पादन लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।

    प्रशिक्षण प्राप्त गरेका १० जना प्रशिक्षकहरूले नेपालगञ्ज उपमहानगरपालिका भित्रका २० वटा माध्यामिक विद्यालयहरूमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन गर्ने छन् । उनीहरूले विद्यार्थी तथा शिक्षकहरूलाई फोहोर कम गर्ने, व्यवस्थापन गर्ने तथा दिगो जीवनशैली अपनाउने विषयमा प्रेरित गर्ने छन् ।

    Advertisement

    मंसिर १४ गते सुरु भएको तालिमको उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिका युवा, शिक्षा तथा खेल्कुद महाशाखा प्रमुख गोरख बहादुर थापाले तालिम प्रश्चात बिद्यालयमा सञ्चालन हुने शून्य फोहोर विद्यालय कार्यक्रमले बिद्यालयमा फोहोर ब्यवस्थापन हुनुका साथै शिक्षक र विद्यार्थीहरुको ब्यबहार परिवर्तन हुने बताए ।

    बिद्यालय स्तरबाटै बालबालिकाहरुले फोहार ब्यवस्थापनको विषयमा शिक्षा पाइ घरपरिवार र समुदायमा लागु गर्न मदत पुग्ने थापाको भनाइ थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रम बास नेपालका अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारी, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    8

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »