२१ कार्तिक, काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति भूकम्प गएको छ ।
राति १०ः४० बजेको समयमा ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
Advertisement
केन्द्र अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो।
भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
















टिप्पणीहरू