१० कार्तिक, बाँके । अस्ताउदो सुर्यलाई अर्घ दिँदै सोमबार साँझ देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदैछ ।
छठको तेस्रो दिन आज साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा देशभरका विभिन्न छठ घाटहरुलाई विषेश रूपमा सिङगारिएको छ ।
Advertisement
सिङगारिएको पोखरी, नदि र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर हरेक किसिमका फलफूल तथा पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान सहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ ।
यस पूजाको अवसरमा ब्रतालुहरुले सुर्य र छठी माताको आराधना गर्छन् । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
Advertisement
छठमा उपबास गरी व्रत बसी पुजाआजा गर्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भने पारिवारमा सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ ।
धार्मीक सदभावको रुपमा स्थापित हुँदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम, जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुँदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ । यो अवसरमा पुजाको लागि घर–घरमा विषेश त्यारी समेत गरिएको छ ।
















टिप्पणीहरू