३० असोज, काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजे लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १ सय ५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।
Advertisement
यस्तै, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ५८ रूपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ५९ रूपैयाँ पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।
टिप्पणीहरू