Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

    फाइल तस्बिर

    २० असोज, चितवन । आइतबार राति ९ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि फेरि सञ्चालनमा रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

    Advertisement

    हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रहरीले एक सूचनामार्फत भनेको छ, ’मिति– २०८२/०६/२० गते बिहान ६ः०० बजेबाट नारायणगढ– मुग्लिन सडकखण्ड सुचारु हालसम्म कुनै अवरोध नरहेको। यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौं ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »