१२ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने बुझिएको छ ।
Advertisement
बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टी भित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने बताइएको छ । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

















टिप्पणीहरू