१ असोज, काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष असोज १ गते मनाइने यस पर्वमा सवारीसाधन, औजार, मेसिनरी, उद्योग–धन्दा, भवन निर्माणका उपकरण आदिको पूजा गर्ने परम्परा रहेको छ ।
मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव–निर्माणमा आधारित छ । घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । भगवान् विश्वकर्मा यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् ।
Advertisement
विश्वकर्मालाई हिन्दु धर्मशास्त्रमा देव शिल्पी तथा पहिलो इन्जिनियरका रूपमा मानिन्छ । सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिर निर्माण गरेको विश्वास गरिन्छ ।
त्यही समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा सुरु भएको हो । आजको दिनमा इन्जिन जडान भएका गाडीहरू र अन्य यन्त्रहरूको पनि पूजा गर्ने प्रचलन छ ।
टिप्पणीहरू