१७ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वतन्त्र लेखापरीक्षणका लागि १० वटा ठूला बैंक छनोट गरेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुल सम्पत्तिका आधारमा राष्ट्र बैंकले १० ठूला बैंक छनोट गरेको हो ।
छनोट हुनेमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंक छन् ।
Advertisement
स्वतन्त्र लेखापरीक्षण गर्न बङ्गलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स छनोट भएको छ । कम्पनीले छनोट भएका १० वटा ठूला वाणिज्य बैंकले प्रवाह गरेको कर्जाको गुणस्तर मूल्याङ्कन स्वतन्त्र रूपमा गर्नेछ ।
टिप्पणीहरू