Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा एस.के. युनिक टेलर सञ्चालनमा

    १५ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो ।

    Advertisement

    टेलरका सञ्चालक २५ वर्षिय शिवकुमार राजपुतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा ल्याएका हुन् ।

    यतिबेला युवापुस्ता विदेशको मोह बोकेर बैदेशिक रोजगारीमा हिडिरहेका बेला राजपुतले देशमै स्वरोजगार बन्ने उदेश्य सहित टेलर संचालन गरेको बताएका छन् ।

    Advertisement

    लामो समयदेखि विभिन्न सिलाइ पसलमा काम गर्दै अनुभव संगालेका राजपुतले अब आफ्नै टेलर मार्फत सेवा दिन थालेको र आधुनिक सिलाइ डिजाईन मार्फत नेपालगन्जमा टेलर सुबिधा प्रदान गर्ने उनले बताएका छन् ।

    “हामी कहाँ लेडिज र जेन्स दुवै प्रकारका कपडामा नवीनतम डिजाइनसहित सिलाई गर्ने सुविधा उपलब्ध छ,” राजपुतले बताए ।

    Advertisement

    उनका अनुसार ग्राहकको आवश्यकता अनुसार डिजाइन, आधुनिक फेसन ट्रेन्ड र उत्कृष्ट गुणस्तरीय कामका आधारमा सेवा उपलब्ध गराइनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »