३ भदौ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व टोलीले सोमबार भेट गरी विशेष क्षेत्रमा पार्टी कामको अवस्था, योजना र यस क्षेत्रका सरोकारका विषयहरू जानकारी गराएको छ ।
प्रधानमन्त्री सँग भेट गर्न पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश इन्चार्ज सुजिता शाक्यको नेतृत्वमा विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली र पदाधिकारीहरू, मातहत जिल्ला कमिटीका इन्चार्ज र अध्यक्षहरू रहेको टोली आइतबार बालुवाटार गएको थियो ।
Advertisement
सो अवसरमा अध्यक्ष ओलीले प्रदेश तथा जिल्ला कमिटीको नेतृत्वलाई पार्टी संगठन विस्तारको काम थप व्यवस्थित बनाउन, पार्टी सदस्यहरूको सक्रिय परिचालनमा ध्यान दिन तथा पार्टी पङ्क्तिलाई वैचारिक रूपमा स्पष्ट बनाउन आवश्यक प्रशिक्षणहरू सञ्चालन गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले टोलीले उठाएका सरोकारका विषयहरू र जनताका समस्यालाई समाधान गर्न सरकारको तर्पmबाट आवश्यक पहल गरिने बताएको उपत्यका विशेष प्रदेश कमिटीका सचिव मिलन धरेलले जानकारी दिए ।
Advertisement
सो अवसरमा विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई विशेष प्रदेश कमिटी एकतावद्ध, सक्रिय र वैचारिक स्पष्टतासहित पार्टी नीति, विधिको कार्यान्वयन गर्न, कमिटीहरूको व्यवस्थित परिचालनका कार्यमा सुदृढ अवस्थामा रहेको जानकारी गराएका थिए ।
उनले यस विशेष प्रदेशबाट युवा/विद्यार्थी, उद्यमी/ व्यवसायीहरूको परिचालनबाट उद्यमशिलता, समृद्धि र सुखको गन्तव्यलाई अघि बढाउने, पेशाकर्मीहरू सँगको परिचालनबाट सुशासन, न्याय र गणतन्त्र सुदृढीकरणमा थप योगदान दिने गरी अघि बढेको जानकारी गराए ।
Advertisement
प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले आफ्नो कार्यक्षेत्रमा हासिल गरेका सांगठनिक प्रगति तथा सम्पादन गरेका कामहरूको बारेमा जानकारी गराए ।
विशेष क्षेत्रमा ५१ प्रतिशतले सदस्यता बृद्धि गरेको, श्रृङ्खलाबद्ध पार्टी कमिटी प्रणालीलाई व्यवस्थित गर्दै ४९ इलाका, १७५ शाखा कमिटीहरू र ४८ प्रारम्भिक कमिटीहरू निर्माण गरिएको र १५ वटा प्रशिक्षणमार्पmत ६२२ जना मध्यमतहको प्रशिक्षण प्रदान गरिएको, २१ जना प्रशिक्षक तयार गरिएको प्रदेश जानकारी गराए ।
Advertisement
२०८२ असोज मसान्तसम्म आठ इलाका, २९ शाखा र ३६० प्रारम्भिक कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने र २०८२ भित्र सबै तहमा प्रशिक्षण सम्पन्न गरी आगामी २०८४ मा हुने निर्वाचनका लागि संगठित, सशक्त, अनुशासित र प्रभावशाली पार्टी पङ्क्ति परिचालन गर्ने योजना उपत्यका विशेष प्रदेश कमिटीको रहेको छ ।
प्रधानमन्त्रीलाई पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष मोहन पराजुली, मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी शिवाकोटी, उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्ष गोविन्द घिमिरे र युवाविद्यार्थी जिल्ला कमिटी अध्यक्ष सुदर्शन शिवाकोटीले पनि आ–आफ्ना जिल्ला कमिटीका कामका बारेमा जानकारी गराएका थिए ।


















टिप्पणीहरू