Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुधाको तीज कोसेली ‘छड्के तिलहरी’

    ३ भदौ, काठमाडौँ । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन् । गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ । आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

    Advertisement

    गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन् ।

    ‘छड्के तिलहरी’ सनराइज म्युजिक नामक युट्युब मार्फत सार्वजनिक भएको छ र सार्वजनिक भएको केही समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    Advertisement

    भिडियो लिंकः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »