२० साउन, काठमाडौँ । कक्षा १२ को नतिजा गएको वर्ष भन्दा सुधार भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् ।
Advertisement
गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।
यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
















टिप्पणीहरू