८ साउन, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।
Advertisement
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
Advertisement
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । जसमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।
















टिप्पणीहरू