Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन काउन्सिलको आग्रह

    १ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकार स्पष्ट हुन आग्रह गरेको छ । बिहीबार रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो ।

    वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘काम, कर्तव्य र अधिकारभित्र रही काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ ।’

    Advertisement

    प्रेस काउन्सिल ऐनमा समयानुकूल संशोधनको प्रक्रियासँगै काउन्सिलले पत्रकारिता तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ चुनौतीहरूलाई आफ्नो जिम्मेवारी सम्झी पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवद्र्धनका लागि जोड दिँदै आएको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »