राजेन्द्र महतो
२९ असार, सिरहा । सिरहामा दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजा सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा औरही गाउँपालिका–५ स्थित मलाह टोल का २३ वर्षीय राम उदगार मलाह रहेका छन् ।
Advertisement
शुक्रबार राति गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले औरही गाउँपालिका–५ स्थित मलाह टोल बाट दुई क्विन्टल भन्दा बढी लागुऔषध गाँजा बोकेको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
मलाहलाई प्र.२–०१–००३प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको सातवटा पोकाबाट कुल २१२ किलो ९२५ ग्राम गाँजा बरामद गरिएको हो ।
Advertisement
घटनास्थलबाट गाडी सहित अन्य केही व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवक माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।




















टिप्पणीहरू