राजेन्द्र महतो
२९ असार, सिरहा । सिरहाको करजन्हा नगरपालिका स्थित सब डिभिजन बन कार्यालय बन्दिपुरले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेको छ ।
सब डिभिजन बन कार्यालय बन्दिपुरले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि ९९ हजार ५ सय बिरूवाहरु उत्पादन गरेको हो ।
Advertisement
रष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम (संघीय), प्रदेश सरकार र चुरे जलवायु उत्थानशिल चुरे कार्यक्रम अन्तर्गत करजन्हा पालिका–१ बन्दिपुर स्थित सब डिभिजन कार्यालयको परिसरमा महगनी, टिक, खयर, अमला, गुलमोहर, अर्जुना, शनि, तेज पात, गम्हाइर, सरिफा, जामुन, इपिल, बकाइन, बयर, लिची, बरो, टाकी आदि जातका ९९ हजार ५ सय रूखको बिरुवा उत्पादन गरेको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख तथा वन अधिकृत राम केवल रायले जानकारी गराए ।
नगरपालिका, गाउँपालिका तथा वन जङ्गल क्षेत्रलाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बोटबिरूवा बितरण तथा वन जङ्गल क्षेत्रमा वृक्षारोपणको लागि उत्पादन गरिएको सब डिभिजन वन कार्यालय बन्दिपुरका कार्यालय प्रमुख राम केवल रायले बताएका छन् । उत्पादन गरिएको बिरुवा, डिभिजन वन कार्यालय लहान र क्षेत्रीय वन निर्देश्नालयले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँपालिकाका स्थानीय बासीलाई निःशुल्क उपलब्ध गराईने र बाँकी रहेकालाई वन जङ्गल क्षेत्रमा वृक्षारोपण गरिने वन अधिकृत यादवले बताए ।
Advertisement
वन कार्यालयले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्क रूपमा वितरण तथा वन जङ्गल क्षेत्रमा वृक्षारोपण गर्दै आइरहेका छन् ।


















टिप्पणीहरू