Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँकेको जानकी स्थित जुत्ता चप्पल कारखानालाई २ लाख जरिवाना

    २७ जेठ, बाँके । बाँकेको जानकी गाँउपालिका–३ स्थित लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा उक्त फुटवेयर इण्डष्ट्रिजलाई जरिवाना गरेको हो ।

    Advertisement

    अधिकतम मूल्य (एमआरपी) कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले बताए ।

    कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ) बमोजिम जरिवाना गरिएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »