Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सार्वजनिक यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २२ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो ।

    Advertisement

    अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    यातायात व्यवसायीले सोमबार र मंगलबार यातायात बन्द गरेपछि अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »