Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज–२१ पुरैनामा हनुमान मन्दिर निर्माण हुँदै, वडाध्यक्ष साहुले गरे शिलान्यास

    २१ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा हनुमान मन्दिर निर्माण हुने भएको छ । नेपालगञ्ज–२१ पुरैनामा वडाको पाँच लाख लागतमा मन्दिर निर्माण थालिएको हो ।

    आज एक कार्यक्रम बीच मन्दिरको शिलान्यास गरिएको छ । नेपालगञ्ज–२१ का वडाध्यक्ष राजकुमार साहुले पुजापाठ गरी हनुमान मन्दिरको शिलान्यास गरेका हुन ।
    कुल १० लाख लागतमा निर्माण हुन लागिएको मन्दिर पुरैना जाने मुल बाटोको छेउमा रहेको वडाध्यक्ष साहुले जानकारी गराए ।

    Advertisement

    उनका अनुसार वडाको पाँच लाख र बाहिरी श्रोतबाट पाँच लाख गरेर कुल १० लाखको लागतमा योजना अगाडि बढाइएको हो ।

    Advertisement

    चालुआर्थिक वर्षको असार मसान्त सम्म सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको र केही निर्माण हुन बाँकी रहेमा आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको वडाध्यक्ष साहुले जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »