Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विज्ञापन छपाईमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया कम्पनी विरुद्ध मुद्दा दायर

    २० जेठ, काठमाडौँ । सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव सहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरु माथि विज्ञापन छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको आरोपमा उनीहरू र मिडिया कम्पनी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार केही दैनिक पत्रिकाका व्यवस्थापकहरू सँगको मिलेमतोमा नेपाल सरकारका विभिन्न निकायबाट पत्रिकामा छापिनुपर्ने टेण्डरका विज्ञापनमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

    अनुसन्धान हुँदा आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेटअनुसार उक्त गाउँपालिका अन्तर्गत विभिन्न निर्माण कार्यका लागि ठेक्का नम्बर ०३/०७९/०८० देखि ०६/०७९/०८० सम्मको ४ वटा ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भए पनि उक्त कार्य नगरेको पाइएको थियो ।

    Advertisement

    उक्त कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, लेखा हेर्ने सह–लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीको समेत संलग्नता पाइएको अख्तियारले जनाएको छ ।

    उनीहरूले आपसी मिलोमतोमा गाउँपालिकालाई हानि पुर्‍याउने बदनीयतले उक्त बोलपत्र आव्हान र आशयको सूचना लुकाएको आयोगको दाबी छ ।

    Advertisement

    आयोगले उनीहरु विरुद्ध जनही तीन लाख १६ हजार ४१० रुपैयाँ बिगो काम गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टाइम्स रिपब्लिक मिडिया, डच मिडिया र प्रभाव दैनिकलाई पनि प्रतिवादी बनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »