२० जेठ, काठमाडौँ । यातायात व्यवसायीहरूले भोलि बुधबार देखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोली देखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने बताएको हो ।
Advertisement
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा जारी प्रेस विज्ञप्तिमा ‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोली देखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ’ भनिएको छ ।
सङ्घीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न समेत बताइएको छ ।
टिप्पणीहरू