Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यातायात क्षेत्रमा देखिएका समस्या वार्ताको माध्यमबाट तत्काल समाधान गर्न नेपाली कांग्रेस यातायातको आग्रह

    १९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागले यातायात क्षेत्रमा देखिएका समस्या वार्ताको माध्यमबाट तत्काल समाधान गर्ने आग्रह गरेको छ ।

    विभागले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको कठिनाइ र पिरमर्कालाई मध्यनजर वार्ताको माध्यमबाट तत्काल समस्या समाधान गर्न आग्रह गरेको हो ।

    Advertisement

    विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक यातायातमा यात्रा गर्नुहुने यात्रुहरूको कठिनाइ, पिरमर्का र राष्ट्रिय परिस्थिति समेतलाई मध्यनजर राख्दै नेपाल सरकार र आन्दोलनरत दुवै पक्षले वार्ताको माध्यमद्वारा तत्काल समस्या समाधान गर्न नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग अनुरोध गर्दछ ।’

    व्यवसायीहरूको लगानीको संरक्षणको ग्यारेन्टी, मजदुरहरूको व्यावसायिक हक हित र सामाजिक संरक्षणसमेत नेपाल सरकारबाट हुनुपर्दछ भन्ने मान्यता प्रति कांग्रेस प्रतिबद्ध रहेको विभाग प्रमुख शिवप्रसाद हुमागाईंले बताए ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »