१७ जेठ, काठमाडौँ । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
Advertisement
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
Advertisement
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भनिन् । उनका थुप्रै गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताइन । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाएकी छन् ।
अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । उनले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गरेकी छन् । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उनले हालै अवार्ड पनि पाएकी थिइन । अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राखेकी छन् । उनले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गरेकी छन् ।
टिप्पणीहरू