१७ जेठ, बाँके । ‘नरसिंहाः अवतार’को पहिलो सातामा कलेक्सन दुई करोड नाघेको छ । महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको हो ।
यस फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । फिल्मको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन्। तर फिल्म ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् ।
Advertisement
उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पूरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । उनी सहित अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझा लगायत छन् ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।
Advertisement
यस अघि उक्त टिम बुधबार नेपालगञ्जका दुई सिनेमा हलमा नेपाली चलचित्र ‘नरसिंहा अवतार’ युनिटले दर्शकसँग साक्षात्कार गरेको थियो । मोफसलको प्रचारमा चलचित्रका नायक राजेश हमाल सहित चलचित्र टीम नेपालगञ्ज आइपुगेका थिए ।
त्यसक्रममा गत बिहीबार चलचित्र टीम पत्रकार सँग अन्तर्क्रिया कार्यक्रम समेत गरेको थियो ।
टिप्पणीहरू