Close sidebar
  • ताजा
  • लोकप्रिय
  • काठमाडौँमा प्रदर्शन र कार्यक्रमका लागि एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय

    १५ जेठ, काठमाडौँ । काठमाडौँमा आज प्रदर्शन र कार्यक्रम गर्न लागेका सत्तारुढ एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

    Advertisement

    एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सम्पन्न गर्न प्रशासनले अनुरोध गरेको छ । र त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिएको हो ।

    एमालेले आज गणतन्त्र दिवस मनाउने कार्यक्रम छ ।

    Advertisement

    राप्रपा लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग सहित प्रदर्शन गर्ने बताएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »