१४ जेठ, बाँके । भारतको नयाँ दिल्ली स्थित मनिपाल हस्पिटल द्वारिकाले उपचारका लागि भारत जाने नेपालीहरुलाई विषेश छुट उपलब्ध गराउने जनाएको छ । व्यवस्थिापकीय पक्षमा त्यहाँ कसरी उपचार गराउने विषयमा आज अन्तरक्रिया समेत गरिएको छ ।
नेपालगञ्ज स्थित सिद्धार्थ भ्युमा पत्रकार सम्मेलन मार्फत भारतमा उपचार गराउन जाने नेपालीलाई लक्ष्यित गर्दै मनिपाल अस्पतालले विषेश छुट उपलब्ध गराउने बताएको हो ।
Advertisement
मनिपालका डा. विकास जैन र डा. अभिनव नरवैया सहितको टोली नेपालगञ्जमा उक्त अस्पतालमा उपचारमा १५ प्रतिशत सम्मको छुट र व्यवस्थापकीय पक्षमा समेत सघाउने बताएका छन ।
विषेश गरी क्यान्सर पिडित विरामीहरुको लागि एकै छानामुनि सबै सेवा उपलब्ध रहेको डा. विकास जैनले बताए । भारतमा उपचारका क्रममा नेपाली विरामी लुटिदा र ठगिदा झनै पीडित भएकोले आफुहरु उत्कृष्ट सेवा उपलब्ध गराउने बताएका छन् । मुख्यता क्यान्सरमा केन्द्रित हुँदै चिकित्सकले उक्त अस्पतालमा क्यान्सरको उपचार र निदान सम्बन्धि सबै प्रकारको सेवा उपलब्ध रहेको उनीहरुको दावी छ ।
टिप्पणीहरू