Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यी हुन् तीन निर्णय

    १४ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    Advertisement

    त्यसैगरी, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

    साथै, बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत जीवनाशक विषादी निरीक्षकहरूको कार्यक्षेत्र हेरफेर तथा थप गर्ने निर्णय पनि गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »