१४ जेठ, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
Advertisement
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।
Advertisement
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने छन् ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी मन्त्री अधिकारीले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव गर्ने छन् ।
टिप्पणीहरू