Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार महासंघ काठमाडौँ शाखाको सूचना अधिकारीमा गणेश विक

    ४ जेठ, काठमाडौँ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् । पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् ।

    शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी गराए । महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।

    Advertisement

    पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।

    विकले विगतमा अनुसन्धानमूलक पत्रकारिता मार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् ।
    नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् ।

    Advertisement

    यस निर्णयसँगै विकले शाखा र पत्रकार बीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »