२ जेठ, बाँके । बाँकेको नेपालगञ्जमा प्रथम माननीय कप क्रिकेट प्रतियोगिताको उद्धाटन भएको छ । भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा अन्तर वडा स्तरीय प्रथम प्रदेश सभा सदस्य कप प्रतियोगिता सञ्चालन भएको हो ।
आज एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र प्रदेश सांसद अम्बिका काफ्लेले उद्धाटन गरेका छन् ।
Advertisement
उद्धाटन सभालाई सम्बोधन गर्दै सामाजिक मन्त्री तिम्लिसिनाले छिमेकी मुलुकको उदहारण दिदैँ खेलकुद क्षेत्र पनि देश विकासको आधार रहेको बताएका छन् । युवाहरुलाई कुलतमा लाग्न नदिने उद्देश्यका साथ सञ्चालन गरिएको यो खेल निरन्तर सार्थकता पाउने विश्वास व्यक्त गरेका छन् ।
उनले खेलाडीको व्यक्तित्व विकास र समाजलाई रुपान्तरण गर्ने खेलाडी नै रहेको बताएका छन् ।
Advertisement
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षमा यस क्षेत्रको खेलकुद क्षेत्रको विकास गर्न खेलकुद मैदान तर्फ ध्यान कन्द्रीत हुने र कार्यक्रममा समावेश समेत हुने संसद काफ्लेले अपेक्षा व्यक्त गरेकी छन् ।
Advertisement
क्रिकेट प्रतियोगिता नेपालगञ्ज–१८ विशाल चोक स्थित मैदानमा आजबाट शुरु भएको हो ।
प्रतियोगितामा कुल १६ वटा टिमले सहभागिता जनाएका छन् । जसमध्ये ६ वटा खजुरा गाँउपालिका, एक जटा जानकी गाँउपालिका र बाँकी नेपालगञ्ज उपमहानगरपालिकाबाट टिम सहभागी भएका छन् ।
Advertisement
आयोजक अनुसार प्रतियोगिताको विजेता पुरस्कार रु एक लाख, उपविजेतालाई रु ५० हजार, वेस्ट बलर र बेस्ट व्याट्समेनले पाँच हजार र म्यान अफ द सिरिजलाई १० हजारको पुरस्कार राशी रहेको छ । खेलाडीहरुको उत्पादन बढाउनुका साथै उनीहरुको खेल संग लगाव बढाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।
टिप्पणीहरू